images
images

समाजसेवा र गीत–संगीतमा रमाउँदै दोलखाली चेली सकुना

दोलखा । समाजसेवामा समर्पित हुँदै आएकी दोलखाली चेली सकुना श्रेष्ठ मलेकु गीत–संगितमा आफुलाई भुलाउन थालेकी छन् ।

४५ वर्षको उमेरमा श्रीमान् गुमाएपछि श्रेष्ठले समाजसेवाका साथै गीत संगीतमा आफुलाई भुलाउन थालेकी हुन् । दोलखाको भीमेश्वर नगरपालिका–२ दोलखा बजारमा जन्मिएकी श्रेष्ठले उमेरमै श्रीमान् गुमाएपछि गीत संगितलाई आफ्नो पिडा भुलाउने माध्यम बनाएकी छन् । १० वर्ष अगाडि उनको श्रीमानको हृदयघातका कारण निधन भएको थियो । गीत–संगीतमा पहिलेदेखि निकै रुची रहेपनि श्रेष्ठले यसलाई आफ्नो जीवनको एउटा अभिन्न अंगको रुपमा अंगालेको भने धेरै भएको छैन । उनले करिब १५/१६ वर्षअघि रेकर्डिङ स्टुडियो खोलेकी थिईन् । श्रेष्ठले शारीरिकरुपले अशक्त वा पैसा नभएर गीत रेकर्ड गराउन नसक्ने तर प्रतिभावान व्यक्तिका लागि सो रेकर्डिङ स्टुडियोले सहयोग गर्दै आएको छ ।

समाजसेवी श्रेष्ठले शारीरिक अशक्तका लागि ३ लाख रुपैयाँ बराबरको अक्षयकोष खडा गरेर सहयोग गर्दै आएकी छन् । समकालीन एकता समाज नेपालकी अध्यक्ष समेत रहेकी श्रेष्ठका दुई छोरा र दुई छोरी छन् । उनका चार सन्तानले पनि समाजसेवा र गीत–संगीतको अभियानमा आमालाई भरपुर सहयोग गर्ने गरेका छन् । हालसम्म श्रेष्ठका ६ वटा एल्बम सार्वजनिक भईसकेका छन् । भजनमा पनि स्वर दिएकी उनले शिव र कृष्ण भजन पनि गाएकी छन् । दुई वटा तीज गीत, मेरो माईती घर दोलखा र पछिल्लो पटक ‘कति सहन्छौ पीर व्यथा’ नामक एल्बम सार्वजनिक भएको छ । नारी दिवसको अवसरमा पारेर सो एल्बम सार्वजनिक भएको हो । यस एल्बममा नारीले धेरै जिम्मेवारी एक साथ निभाउनुपर्ने र पीडाहरु पनि धेरै हुने भएकाले नारीलाई घरपरिवार र समाजले समेत बुझ्नु पर्ने सन्देशसहितको कथा समेटिएको छ । उनले आफ्नो दुःख र पीडाका भोगाईहरु गीतमा पोखेकी छन् ।

हालसम्म श्रेष्ठका ६ वटा एल्बम सार्वजनिक भईसकेका छन् । भजनमा पनि स्वर दिएकी उनले शिव र कृष्ण भजन पनि गाएकी छन् । दुई वटा तीज गीत, मेरो माईती घर दोलखा र पछिल्लो पटक ‘कति सहन्छौ पीर व्यथा’ नामक एल्बम सार्वजनिक भएको छ । उनले आफ्नो दुःख र पीडाका भोगाईहरु गीतमा पोखेकी छन् ।

कम उमेरमै जीवनको भोगाई धेरै भएकाले गीतमार्फत् मनको व्यथाहरु समेटेको उनको भनाई छ । सबै एल्बममा आफैले स्वर दिएकी सकुनाले शब्द पनि आफैले लेखेकी छन् । दोलखाली चेली सकुनाले करिब २५ बर्षदेखि समाजसेवालाई पनि निरन्तरता दिईरहेकी छन् । बिशेषगरी माईती जिल्ला दोलखामा विपद् पर्दा वा दोलखावासी दुःखमा पर्दा उनले सहयोग गर्दै आएकी छन् । दोलखास्थित माइतिघर अर्थात ऐतिहासिक दोलखा बजारमा सकुनाको सहयोगमा मन्दिर समेत निर्माण गरिएको छ । उनले भूकम्पको बेला लत्ताकपडादेखि स्वास्थ्य सामाग्रीसम्मको राहत सहयोग र क्षतिग्रस्त विद्यालयहरुलाई आर्थिक सहयोग पनि गरेकी थिईन् ।

विशेषगरी महिलाहरुको क्षेत्रमा काम गर्न रुचाउने श्रेष्ठ समकालीन एकता समाज नेपालकी अध्यक्ष पनि हुन् । सो संस्थाले विपद्को समयमा आर्थिक अवस्था कमजोर भएका महिलालाई सीपमुलक तालिम, एकल महिला र जेष्ठ नागरिकलाई लत्ताकपडा, खाद्यान्न लगायत सहयोग गर्दै आएको छ । संस्थामार्फत् अध्यक्ष श्रेष्ठ लगायतको समुहले मठमन्दिर पनि निर्माण गर्दै आएको छ । जसअनुसार करिब १६ लाख लागतमा दोलखा बजारमा शिवको मन्दिर र काठमाण्डौको फुलचोकीमा करिब ७ लाख लागतमा कृष्ण मन्दिर समेत उनकै पहलमा निर्माण भएको हो । हालसम्म माईतीघर दोलखा जिल्लामा मात्रै प्राथमिकता दिएर समाजसेवा गर्दै आएकी सकुनाले अब नेपालभर विस्तार गर्ने योजना समेत बनाएकी छन् ।

विशेषगरी महिलाहरुको क्षेत्रमा काम गर्न रुचाउने श्रेष्ठ समकालीन एकता समाज नेपालकी अध्यक्ष पनि हुन् । सो संस्थाले विपद्को समयमा आर्थिक अवस्था कमजोर भएका महिलालाई सीपमुलक तालिम, एकल महिला र जेष्ठ नागरिकलाई लत्ताकपडा, खाद्यान्न लगायत सहयोग गर्दै आएको छ । हालसम्म माईतीघर दोलखा जिल्लामा मात्रै प्राथमिकता दिएर समाजसेवा गर्दै आएकी सकुनाले अब नेपालभर विस्तार गर्ने योजना समेत बनाएकी छन् ।

कुनै आर्थिक कोष नबनाई श्रेष्ठले समकालीन एकता समाजमार्फत् दोलखाली चेली लगायत उनका साथीसंगीहरुले आफुले कमाएको केही हिस्सा समाजसेवामा लगाउदै आएका छन् । अब कोष खडा गरी रकम जुटाएर नेपालभर समाजसेवाको दायरालाई बिस्तार गरिने उनको भनाई छ । आमा दिदीबहिनीहरुलाई दुःख पर्दा सहयोग गर्दा उहाँहरुको आँखामा देखिने खुसीले समाजसेवा गर्दा आफुलाई अझ बढी आत्मसन्तुष्टि मिल्ने र समाजसेवामा लाग्न थप प्रेरणा मिल्ने सकुनाको भनाई छ ।