images
images

रामेछापमा ट्रिपर दुर्घटना, चालक गम्भिर घाईते

  • ४ जेष्ठ २०८०, बिहीबार १८:५४

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा चालक गम्भिर घाईते भएका छन् ।

दुर्घटनामा परी मन्थली नगरपालिका १४ फुलासीका ३२ वर्षिय ट्रिपर चालक सुरज तमाङ गम्भिर घाईते भएका हुन् । खाँडादेवि गाउँपालिका ४ सिम्लेस्थित रजगाउँबाट बालुवा लोड गरेर खाँडादेवितर्फ जाँदै गरेको बा २ क ८१६६ नम्बरको ट्रिपर आज दिउँसो आफै अनियन्त्रित भएकार दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भिर घाईते भएका तमाङलाई तामाकोसी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

यसैबीच, रामेछापका एक पुरुष पुलबाट हामफालेर घाईते भएका छन् । मन्थली नगरपालिका ७ ओडारेका ३५ वर्षिय हर्कराज माझि आज दिउँसो मन्थली नगरपालिका १ को आकाशे पुलबाट हाम फालेर घाईते भएका हुन् । आकाशे पुलबाट तामाकोशी नदिमा हाम फाल्दा घाईते भएका उनको मन्थली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।