images
images

भीमेश्वर मन्दिरमा चोरीको प्रयास गर्ने एक जना पक्राउ

  • २ मंसिर २०७९, शुक्रबार ०७:५४

दोलखा । दोलखाको भीमेश्वर मन्दिरमा चोरीको प्रयास गर्ने एक जना पक्राउ परेका छन् ।

जिल्लाको भीमेश्वर मन्दिर परिसरमा चोरीको प्रयास गर्ने काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नम्बर १० खोपासीका २५ वर्षिय रविन खुलाललाई प्रहरीले पक्राउ गरेको हो । आज बिहान ३ बजेर ३० मन्दिर परिसरको चन्दाको बाक्सा उचाल्ने, बाक्सा काट्ने प्रयास गर्ने युवकलाई पक्राउ गरिएको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका ति युवकलाई इलाका प्रहरी कार्यालय दोलखामा राखिएको छ । पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।