images
images

लुक्ला उडेको तारा एयरको ‘इमर्जेन्सी ढोका’ कसरी खस्यो ? प्राधिकरण भन्छ– ‘लोडरको लापरवाही’

  • ३ पुष २०८०, मंगलवार ०९:०५

काठमाडौं । यात्रु र कार्गो लिएर काठमाडौंवाट सोलुखुम्वुको लुक्लाकालागि उडेको तारा एयरको विमानको ‘इमर्जेन्सी ढोका’ कर्मचारीको लापरवाहीका कारण उड्दा उड्दै खसेको पुष्टि भएको छ ।

तारा एयरले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको प्रारम्धिक अनुषन्धान प्रतिवेदनमा विमानमा कार्गो सामान राख्ने तरिका नमिल्दा आकस्मिक द्धार खसेको उल्लेख भएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो । कार्गो लोडरको लापरवाहीका कारण गत मंसिर २४ गते दुई यात्रु र कार्गो बोेकेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट लुक्लाकालागि उडेको ९ एन–एएलओ कलसाईको जहाजको ‘इमर्जेन्सी ढोका’ उड्ने वित्तिकै खसेको थियो । रनवे ०२ बाट उडान गर्दा गोठाटार नजिकै रहेको कृष्ण मन्दिर छेउमा रहेको खाली जग्गामा इमर्जेन्सी ढोका खसेको थियो । ढोको खसेको बारे विमान चालकले लुक्लामा जहाज अवतरण गरेपछि मात्रै थाहा पाएका थिए ।

विमानको दाहिनेपट्टिको इमर्जेन्सी ढोका नैं छेकिने गरी सामान राखेका कारण ढोका खसेको अनुषन्धानवाट पुष्टि भएको छ । सो घटनापछि नागरिक उड्डयन प्राधिकरणको निर्देशनमा तारा एयरलाई कार्गो लोडरलाई रिफ्रेसर क्लास लिन लगाएके र पाइलट, कोपाइलट र एयरहोस्टेजलाई ८ दिन ग्राउण्डेड गरिएको सूचना अधिकारी भुलले बताउनुभयो ।