images
images

बजेट खर्च निराशाजनक, अहिलेसम्म करिव २० प्रतिशत मात्रै खर्च

  • १० फाल्गुन २०७८, मंगलवार ०९:३४

हेटौंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा कुल बजेटको १९ दशलमव ८२ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा समग्रमा ११ अर्ब ४४ करोड ८७ लाख ९७ हजार ७ सय ३७ रुपैँया मात्रै बजेट खर्च भएको हो । प्रदेशको विकास बजेट अर्थात पुँजिगत खर्च १२ दशलमव ९३ प्रतिशत मात्रै भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय विभाजन गरेर संख्या बढाए पनि खर्चको अवस्था भने न्यून देखिएको छ । सरकारले चालु आर्थिक वर्षमा ५७ अर्ब ७७ करोड ६४ लाख २७ हजार बराबरको बजेट ल्याएको थियो । त्यसमध्ये ३१ अर्ब ४३ लाख ९० हजार पुँजीगत बजेटमध्ये ७ महिनाको अवधिमा ४ अर्ब एक करोड ४१ लाख ६ सय ६६ रुपैँया बजेट खर्च भएको छ ।

यस्तै २४ अर्ब ७७ करोड २० लाख ३७ हजार रुपैँया चालु बजेटमध्ये हालसम्म २३ दशलमव ४ प्रतिशत अर्थात् ६ अर्ब ४३ करोड ४६ लाख ९७ हजार ७० रुपैँयामा मात्रै बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मरकट्टेलले प्रदेश सरकारलाई बजेट खर्च गर्नै चुनौति रहेको बताउनुभएको छ । सरकारसँग आवश्यक कर्मचारी अभावकै कारण विकास बजेट खर्च न्युन देखिएको उहाँको भनाई छ ।