images
images

बैशाख ३० गतेको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार

  • १० फाल्गुन २०७८, मंगलवार १७:२७

काठमाडौं । सर्वोच्च अदालतले आगामी बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

न्यायधिश बिस्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको हो । सरकारले वैशाख ३० गतेकालागि निर्वाचनको मिति घोषणा गरेपछि महोत्तरीको भंगाहा नगरपालिकाका नगर प्रमुख सञ्जिवकुमार साहले २०७४ असोजमा निर्वाचित स्थानीय तहको जनप्रतिनिधिको ५ वर्ष कार्यकाल पूरा गर्ने संवैधानिक हक कुण्ठित हुने भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

यसअघि सर्वोच्चका न्यायधिश इस्वरप्रसाद खतिवडाको इजालसले रिटको बिषयमा अदालतको व्याख्या जरुरी रहेको भन्दै दर्ता गर्न आदेश दिएको थियो ।