images
images

दोलखामा निर्माण हुने तामाकोशी पाँच जलविद्युत आयोजनाका लागि १३ अर्ब बढीको ऋण सम्झौता

  • ८ जेष्ठ २०८०, सोमबार ०९:४९

काठमाडौँ । दोलखामा निर्माण हुने तामाकोशी पाँच जलविद्युत आयोजनाका लागि १३ अर्ब ७५ करोडको ऋण सम्झौता भएको छ ।

कर्मचारी सञ्चय कोषले लगानी गर्ने गरी ९९ दशमलव ८ मेगावटको आयोजनामा हिजो ऋण सम्झौता गरेको हो । आयोजना निर्माणका लागि लगानी जुटाउन नेपाल विद्युत प्राधिकरण, तामाकोशी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रीपक्षीय सम्झौता भएको छ । सम्झौता पत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रमुख प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले हस्ताक्षर गरेका छन् ।

तामाकोसी पाँचका लागि २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले तामाकोसी जलविद्युत कम्पनी निर्माण गरी निर्माण गर्न आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजी रहने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । स्वपुँजीमध्ये विद्युत प्राधिकरणको ६८ प्रतिशत र सर्वसाधारण समूहको ३२ प्रतिशत लगानी रहने बताइएको छ ।

विगु गाउँपालिकामा निर्माण हुने तामाकोसी पाँचौं ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोसीको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि निस्किएको पानीलाई उपयोग गरी निर्माण हुन लागेको क्यास्केड आयोजना हो । त्यसैले तामाकोसी पाँचौले बाँध, बालुवा थिग्रयाउने, पोखरी लगायतका संरचनाहरु बनाउनु नपर्ने भएकाले सो आयोजनालाई आकर्षक मानिएको छ ।