images
images

ओखलढुंगा प्रदेशसभा क्षेत्र नम्बर १ को २ मा माओवादीका गौतम विजयी

  • ७ मंसिर २०७९, बुधबार ०७:२१

ओखलढुंगामा प्रदेशसभा सदस्य अन्तर्गतको निर्वाचन क्षेत्र नम्बर १ को २ मा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम विजयी भएका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका गौतम प्रदेशसभा क्षेत्र नम्बर १ को २ मा विजयी भएका हुन् । उनले १५ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् । गौतमले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञानबहादुर खड्कालाई १ हजार ९६ बढी मतले पराजित गरेका हुन् ।

नेकपा एमालेका ज्ञानबहादुर खड्काले १४ हजार ६४२ मत प्राप्त गरेका छन् ।