images
images

ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका खतिवडा विजयी

  • ७ मंसिर २०७९, बुधबार १७:०१

ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् ।

खतिवडा ३३ हजार ५ सय ५६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८ सय ९७ मत प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्कीले ७१४ मत प्राप्त गरेकी छन् ।