images
images

तनहुँ-१ मा रास्वपाका वाग्लेको दोब्बर मतले अग्रता

  • ११ बैशाख २०८०, सोमबार ०८:२८

काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन् ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा रास्वपाका वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका हुन् । गएराति ११ः४५ देखि जारी मतगणनामा आज बिहान ७ः४५ बजेसम्म १३ हजार ६५ मतगणना हुँदा डा. वाग्लेले सात हजार २ सय ९३ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २ सय ३४ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार १ सय ३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो ।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलको दुई स्थानमा मतगणना कार्य जारी छ । बारा क्षेत्र नम्बर २ मा र चितवन क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक जारी रहेकाले बैठक सकिएपछि मतगणना सुरु हुनेछ ।