images
images

बारा-२ मा यादवलाई पछि पार्दै कुशवाहाको अग्रता

  • ११ बैशाख २०८०, सोमबार १६:२२

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणामअनुसार जनमतका कुशवाहाले ८ सय ९५ मत प्राप्त गरेका हुन् । उनले जनमत समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवलाई पछि परेका हुन् । यादवले सात सय ८७ मत प्राप्त गरेका छन् । यसअघि यादवले अग्रता लिएका थिए । यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले पाँच सय २३ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले दुई सय ३६ मत प्राप्त गरेका छन् ।

एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको बारा २ मा ६८ हजार आठ सय ८८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।