images
images

दोलखामा ‘स्वास्थ्य विमा’ कार्यक्रम प्रभावविहिन, बहुसंख्यक नागरिकको बिमा भएन

दोलखा । नेपाल सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम दोलखामा खासै प्रभावकारी बन्न सकेको छैन ।

सरकारले २०७७ साल चैत २५ गतेबाट देशभर स्वास्थ्य विमा कार्यक्रम लागु गरेको थियो । सो कार्यक्रम लागु भएको करिव दुई वर्षको अवधिमा दोलखाका २४ हजार नागरिक मात्रै स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भएका छन् । १२ हजार ७ सय ७३ परिवारका २४ हजार ७८ जना मात्रै स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भएका हुन् । जिल्लाको कूल जनसंख्याको एक तिहाई नागरिक सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भएका छैनन् ।

दोलखाका ९ वटा स्थानीय तहमध्ये कालिञ्चोक गाउँपालिकाका सवैभन्दा बढी १३ हजार १ सय ५५ जना स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भएका छन् । गाउँपालिकाले रकम व्यहोरिदिएपछि कालिन्चोकमा सवैभन्दा बढी नागरिक स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भएको देखिएको हो । गाउँसभाको निर्णय अनुसार पालिकाले स्वास्थ्य विमा वापत पहिलो पटक लाग्ने प्रतिपरिवार ३५ सयका दरले रकम व्यहोरेको थियो । एउटा परिवारमा पाँच जनासम्म सदस्य भएमा एकजनाले ३५ सय रुपैया तिरेर स्वास्थ्य विमा गरेपछि परिवारका पाँचै जनाले एक लाखसम्मको जुनसुकै रोगको पनि निशुल्क उपचार गराउन पाउने व्यवस्था छ । तर, एउटै परिवारमा पाँच जना भन्दा बढी सदस्य भएमा प्रतिसदस्य सात सय रुपैँयाका दरले रकम तिर्नुपर्ने र विमा वापतको रकम २० हजारका दरले थपिँदै जाने व्यवस्था छ ।

नेपाल सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम दोलखामा खासै प्रभावकारी बन्न सकेको छैन । सो कार्यक्रम लागु भएको करिव दुई वर्षको अवधिमा दोलखाका २४ हजार नागरिक मात्रै स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भएका छन् । दोलखाका ९ वटा स्थानीय तहमध्ये कालिञ्चोक गाउँपालिकाका सवैभन्दा बढी १३ हजार १ सय ५५ जना स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भएका छन् । गाउँपालिकाले रकम व्यहोरिदिएपछि कालिन्चोकमा सवैभन्दा बढी नागरिक स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भएको देखिएको हो ।

सोही कारण कालिञ्चोक गाउँपालिकाले आफ्नो पालिकामा रहेका नागरिकको स्वाथ्य विमा गर्न ३ करोड बजेट विनियोजन गरेकोमा १ करोड ३७ लाख ७३ हजार खर्च गरेको छ । पहिलो पटक विमा वापतको रकम पालिकाले तिरिदिए पनि दोस्रो पटक नविकरण गर्दा लाग्ने शुल्क भने व्यक्ति स्वयमले तिर्नुपर्ने कालिञ्चोक गाउँपालिकाले जनाएको छ । तर, स्वास्थ्य विमामा आवद्ध भएका अधिकांशले अस्पतालमा सेवा सुविधा नपाएको भन्दै विमा नविकरण गरेका छैनन् । दोलखाको वैतेश्वर गाउँपालिकाका २७ सय २५ जना, तामाकोशीका २२ सय ९६ जना, गौरीशंकरका १२ सय ४२, भीमेश्वर नगरपालिकाका १२ सय २७ जना नागरिक स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भएका छन् । यस्तै शैलुङ गाउँपालिकाका ११ सय १९ जना, जिरी नगरपालिकाका ९ सय ९३ जना, विगुका ७ सय ५६ जना र मेलुङ गाउँपालिकाका ५ सय ६५ जना नागरिक नेपाल सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भएका छन् । यी पालिकाका स्थानीय स्वमयले रकम तिरेर स्वास्थ्य विमा गराएका छन् । जिल्लामा सेवा प्रदायक संस्था नहुँदा सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रममा आवद्ध हुने नागरिकको संख्या कम देखिएको स्वास्थ्य विमा कार्यक्रमका जिल्ला संयोजक ईश्वर खड्काले जानकारी दिनुभयो । सरकारले २०७२ सालको चैतमा कैलाली जिल्लाबाट स्वास्थ्य विमा कार्यक्रम सरु गरेको थियो । सो कार्यक्रम २०७७ चैतबाट भने देशभर नै लागु गर्न सरकारले भनेको थियो ।

सरकारले अतिशसक्त, अति गरिविको निशुल्क स्वास्थ्य विमा गराउन भनेको छ भने महिला स्वास्थ्य स्वयमसेविकाले १७ सय ५० रुपैँया तिरेर स्वास्थ्य विमा गराएमा परिवारका सबै जनाले एक लाखसम्मको निशुल्क उपचार सुविधा पाउने व्यवस्था छ । स्वास्थ्य विमा गरेमा नेपाल सरकारले निशुल्क उपलब्ध गराउने बाहेकका औषधि, अप्रेसन वा जुनसुकै सुविधा पनि एक लाख रुपैँयासम्मको निशुल्क उपलब्ध हुनेछ । स्वास्थ्य विमा कार्यक्रम नेपाल सरकारले आफ्नै स्वामित्वमा सञ्चालन गरेको कार्यक्रम हो ।

स्वास्थ्य विमा गरेमा नेपाल सरकारले निशुल्क उपलब्ध गराउने बाहेकका औषधि, अप्रेसन वा जुनसुकै सुविधा पनि एक लाख रुपैँयासम्मको निशुल्क उपलब्ध हुनेछ । स्वास्थ्य विमा कार्यक्रम नेपाल सरकारले आफ्नै स्वामित्वमा सञ्चालन गरेको कार्यक्रम हो ।दोलखामा तत्कालीन वडाका जनप्रतिनिधिहरुले स्वास्थ्य विमा कार्यक्रमकालाई आफ्नो वडाबाट एक–एक जना कर्मचारी छनौट गरेर पठाएका थिए ।

दोलखामा तत्कालीन वडाका जनप्रतिनिधिहरुले स्वास्थ्य विमा कार्यक्रमकालाई आफ्नो वडाबाट एक–एक जना कर्मचारी छनौट गरेर पठाएका थिए । उनीहरुले आफ्नो वडाभित्रका नागरिकको स्वास्थ्य विमा गराउने र त्यसको सम्पूर्ण विवरण स्वास्थ्य विमाको सम्पर्क कार्यालय चरिकोटमा बुझाउने गरेका थिए । चरिकोटमा रहेको सम्पर्क कार्यालयले कम्युटरमा इन्ट्रि गरी स्थानीयले विमा वापत तिरेको रकम सिधै विमा बोर्डको खातामा पठाउने गरेको थियो । अहिले पनि चरिकोटमा सम्पर्क कार्यालय सञ्चालमा रहेको र ती कामहरु भइरहेको जिल्ला संयोजक खड्काले बताउनुभयो ।

यसैबीच दोलखा सदरमुकाम चरिकोटमा रहेको पशुपति चौंलागाई स्मृति असपतालले पनि राष्ट्रिय स्वास्थ्य विमा कार्यक्रम लागु गर्ने निर्णय गरेको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले यही माघ १ गतेदेखि अस्पतालमा राष्ट्रिय स्वास्थ्य विमा कार्यक्रम लागु गर्ने निर्णय गरेको हो । यसको अर्थ नेपाल सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भएका नागरिकले पशुपति चौंलागाई स्मृति असपतालबाट निशुल्क उपचार सुविधा पाउने छन् भने यो कार्यक्रममा आवद्ध नभएका नागरिकले न्युनतम शुल्क तिरेर उपचार गराउनु पर्नेछ ।