images
images

बागमती प्रदेशमा राप्रपाले पनि टुंगो लगायो मन्त्रीहरु

  • ११ माघ २०७९, बुधबार १३:५१

हेटौँडा । बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट तीन जना बन्ने भएका छन् ।

राप्रपाबाट डम्बरबहादुर तमाङ उद्योग, पर्यटन र सहकारी मन्त्री तथा राजु विष्ट वन तथा वातावरण मन्त्री बन्ने भएका छन् । राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी, उर्जा तथा सिंचाई मन्त्री बन्ने भएका छन् । उनले यसअघि विना विभागिय मन्त्रीको रुपमा सपथ लिइसकेका छन् । नवनियुक्त मन्त्रीहरुले आजै सपथ लिने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।