images
images

बागमती प्रदेशमा मन्त्रीपरिषद विस्तार, ८ मन्त्रीले लिए शपथ

  • ११ माघ २०७९, बुधबार १४:३८

जिरी (दोलखा) । बागमती प्रदेशमा मन्त्रीपरिषदले पूर्णता पाएको छ ।

मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले ८ मन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद विस्तार गर्नुभएको हो । आज प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाबाट मन्त्री बनेका सबै जनाले सपथ ग्रहण गरेका हुन् । आन्तरिक मामिला तथा कानुनमन्त्रीमा गंगा नारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रीमा युवराज दुलाल ‘शरद’, सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तान, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा केशवप्रसाद पोखरेल, श्रम रोजगार तथा यातायात मन्त्रीमा एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयमा डम्बर बहादुर तामाङ र वन तथा वातावरण मन्त्रीमा राजु विष्ट नियुक्त भएका छन् ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्रीमा जगन्नाथ थपलिया र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीमा उद्धव थापाले यसअघिनै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् ।