images
images

३८४ रोपनी जग्गा किर्ते गरेको आरोपमा ९ कर्मचारीसहित १८७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

  • १३ फाल्गुन २०८०, आईतवार १७:४२

झापा । झापाको दमकस्थित बालुवाटारको करिब ३८४ रोपनी सरकारी जग्गा किर्ते गरेको आरोपमा नापी कार्यालय चन्द्रगढीका ९ जना कर्मचारीसहित १ सय ८७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चन्द्रगढीका ९ जना कर्मचारीसहित १ सय ८७ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । अख्तियारले सुरुमा आफ्नो नाममा जग्गा दर्ता गर्ने ६५ जनालाई मुख्य प्रतिवादी बनाइएको छ भने जग्गा फिर्ता लिने प्रयोजनका लागि १ सय १३ जनालाई प्रतिवादी बनाएको हो । आयोगले नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृत स्वर्गीय शशीकान्त झासहित ९ जना कर्मचारीलाई प्रतिवादी बनाएको छ । हिनामिना भएको जग्गाको न्यूनतम मूल्यांकन ४१ करोड ६२ लाख १९ हजारभन्दा धेरै हुने आयोगले जनाएको छ । आरोपीहरुले साबिकको नापीमा सरकारी देखिएको जग्गालाई नयाँ नापी हुँदा स्वावासी ब्यहोरा जनाएर निजीकरण गरेका हुन् ।