images
images

प्रधानमन्त्रीमा दावी पेश गर्न प्रचण्ड राष्ट्रपति निवासमा

  • १० पुष २०७९, आईतवार १६:४१

काठमाडौं । सरकार निर्माणको दाबी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

राष्ट्रपति कार्यालयले माओवादी केन्द्रका अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव सहित प्रतिनिधिसभाका बुहमत सदस्यहरुको पत्र दर्ता भएको जनाएको छ । माओवादी केन्द्रसहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरुको हस्ताक्षर सहितको पत्र आइपुगेको राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालले जानकारी दिनुभयो ।