images
images

प्रचण्ड सरकारमा तीन उपप्रधानमन्त्री, यी बन्दैछन् मन्त्री

  • ११ पुष २०७९, सोमबार १५:१४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन् ।

नयाँ बानेश्वरमा आज बसेको सत्ता गठबन्धनको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्री बनाउने सहमति गरेको हो । एमालेले उपाध्यक्ष पौडेललाई अर्थमन्त्रीमा पठाउने भएको छ भने श्रेष्ठको मन्त्रालय तय भइसकेको छैन । एमालेले सरकारमा ज्वालाकुमारी शाह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने भएको छ ।

जनमत पार्टीले भने उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय लिने भएको छ । जनमतले अब्दुल खानलाई आपुर्ति मन्त्री बनाउने भएको हो ।