images
images

पँधेरोमा नुहाउन गएकी किशोरीको घाँटी रेटेर विभत्स हत्या

  • १४ चैत्र २०८०, बुधबार ०८:३०

पाल्पा । पाल्पाको रिब्दीकोटमा पँधेरोमा नुहाउन गएकी किशोरीको घाँटी रेटेर विभत्स हत्या गरिएको छ ।

रिब्दीकोट गाउँपालिका—१ ख्याहा काराम्दीकी १९ वर्षीया पद्मा सुनारको घाँटी रेटेर विभत्स हत्या गरिएको हो । पद्मा हिजो दिउँसो घरबाट केही टाढा रहेको पँधेरोमा नुहाउन गएकी थिइन् । उनी अबेरसम्म पनि घर नफर्किएकाले खोजी गर्ने क्रममा विभत्स तरिकाले घाँटी र हातमा काटेर हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनी स्थानीय शारदा माध्यमिक विद्यायलयमा कक्षा १२ मा अध्ययनरत थिइन् । एकान्त स्थानमा आफूमाथि बलात्कारको प्रयास हुँदा उनले प्रतिकार गर्दा हत्या भएको अनुमान स्थानीयले गरेका छन् । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।