images
images

सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका अर्का एक बालकको शव भेटियो

  • १५ चैत्र २०८०, बिहीबार ०६:५९

उद्यपुर । उद्यपुरको सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका अर्का एक बालकको शव फेला परेको छ ।

त्रियुगा नगरपालिका–१४ स्थित सुनकोशी नदीबाट बेपत्ता भएका १२ वर्षीय लोकबहादुर मगरको शव फेला परेको हो । उनको शव घटनास्थलभन्दा ८ किलोमिटर तल कम्पुघाटमा भेटिएको हो । यस्तै यसअघि धाप्लाङ घाटभन्दा करिब २ किलोमिटर तल रिदम मगरको शव भेटिएको थियो भने हिजो रेखा मगरको शव भेटिएको थियो । योसँगै होली खेलेर पौडी खेल्न गएर नदीबाट बेपत्ता भएका तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।