images
images

शेयर मार्केटमा उतारचढावः हिजो ९४ अङ्कले बढेको शेयर आज २३ अङ्कले घट्यो

  • १३ असार २०७९, सोमबार १६:१४

काठमाडौंँ । लामो समयदेखि निरन्तर ओरालो लागेको शेयर मार्केट हिजो उत्साहप्रद वृद्धि भएपनि आज ह्वात्तै घटेको छ ।

सेयर बजारमा आज ह्वात्तै गिरावट आएको हो । आइतबार ९४ दशमलव ९२ अंकले बढेको सेयर बजारको वृद्धि एक दिन पनि नटिकी पुन आरोलो लागेको हो । आज बजार परिसुचक २३ दशमलव ८५ अंकले घटेर १९३३ दशमलव १३ को विन्दुमा झरेको छ । कुल २ सय २९ कम्पनीको सेयर दोस्रो बजारमा खरिद विक्रि हुँदा आज जम्मा २४ कम्पनीको सेयर मुल्य बढेको छ भने १ सय ६८ कम्पनीको मुल्य ओरालो लागेको छ । हजार ४३ हजार १ सय २२ कारोबार मार्फत् ५६ लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा खरिद विक्रि हुँदा कुल कारोबार रकम आइतबारको भन्दा घटेर २ अर्ब ४ करोड ४८ लाखमा सीमित भएको छ । हिजो २ अर्ब १९ करोडको कारोबार भएको थियो ।

बैकिंङ १२, विकास बैंक १ सय १७, फाइनान्स ३०, होटल तथा पर्यटन ७०, जलविद्युत् ६०, उत्पादन ४१, माइक्रोफाइनान्स ६७, निर्जीवन वीमा ९७, अन्य ३७ र व्यापार उपसमुह ३४ अंकले घटेको छ । जीवन वीमा उपसमुह भने १ सय १३ अंक बढेको छ ।