images
images

रक्तचन्दन तेलको अवैध कारोबार गरेको आरोपमा ८ जना पक्राउ

  • १४ जेष्ठ २०८०, आईतवार १८:१८

काठमाडौं । दुई करोड पर्ने रक्तचन्दन तेलको अवैध कारोबार गरेको आरोपमा रामेछापका दुई सहित ८ जना पक्राउ परेका छन् ।

रक्तचन्दनको तेल सहित अवैध कारोवार गरेको आरोपमा प्रहरीले रामेछापको लिखुतामाकोसी गाउँपालिका २ का नविन दहाल र सोही स्थानका गोकर्णहरि दहाल सहित ८ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारवार्हीका लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।