images
images

रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु

  • १४ भाद्र २०७९, मंगलवार १०:२९

काठमाडौं । रौतहटमा चटयाङ लागेर ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ३ मलाहिटोलका ३९ वर्षिृया सुनदनिया देवी, ७० वर्षिया जगिया कुमारी र १८ वर्षिया मनिषा कुमारीको चटयाङ लागेर मृत्यु भएको हो । गाउँ छेउको खेतमा काम गर्ने क्रममा चटयाङ लागेर उनीहरुको मृत्यु भएको रौतहटका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । चट्याङ लागेर घाइते चार जनाको स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।