images
images

प्रधानमन्त्रीको भारत भ्रमणः माथिल्लो तामाकोशीको बिजुली निर्यातका विषयमा गम्भिर छलफल हुने

  • १७ जेष्ठ २०८०, बुधबार १६:२९

दोलखा । नेपालले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बिजुली प्रतिस्पर्धात्मक बजारमा निर्यात गर्ने प्रस्ताव अलपत्र परेको विषयमा भारत सरकारको गम्भिर ध्यानाकर्षण गराउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको भारत भ्रमणका क्रममा हुने द्धिपक्षिय बैठक र भारतीय समकक्षि नरेन्द्र मोदीसँगको वान टु वान वार्तामा यो विषयमा छलफल हुने भएको हो । नेपालले माथिल्लो तामाकोशीको बिजुली भारतीय उर्जा एक्सचेन्ज बजार मार्फत प्रतिस्पर्धी दरमा निर्यातका लागि अनुमति मागेको करिव दुई वर्षभन्दा बढी भइसकेको छ । तर भारतले आयोजना निर्माणमा चिनियाँ कम्पनी सहभागी भएको देखाएर तामाकोशीको बिजुलीलाई निर्यात अनुमति दिएको छैन । भारतले रोकिरहेको तामाकोशी पूर्णरुपमा नेपालको लगानीमा बनेको राष्ट्रिय गौरवको आयोजना हो ।

भारतले अहिलेसम्म करिव ४ सय २ मेगावाट बराबरको आयोजनाको बिजुली मात्रै निर्यात गर्न अनुमति दिएको छ । नेपालले थप करिव एक हजार मेगावाट बिजुली निर्यातका लागि भारतसँग आयोजनाहरुको नाम प्रस्ताव गरेको छ ।