images
images

सेयर बजार दोहोरो अंकले घट्यो

  • १५ भाद्र २०७९, बुधबार १५:३७

सेयर बजार दोहोरो अंकले घटेको छ ।

शेयरबजार दोहोरो अंकले घटेर सबै उपसुचक राताम्मे भएको हो । आज सेयर बजार २१.९७ अंकले घटेको छ बजार परिसुचक नेप्से १९७३.३८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । कारोबार रकम भने हिजोकोे तुलनामा थोरै बढेको छ । आज १ अर्ब १२ करोड ६२ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेप्सेमा सूचीकृत २२४ कम्पनीको २९ लाख ९२ हजार ७७३ कित्ता सेयर खरिद बिक्री भएको हो । आज नेपाल दुरसञ्चार कम्पनीको बढी सेयर कारोबार भएको छ । आज कम्पनीको १० करोड ७४ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको रिडी पावर कम्पनीको ६ करोड ४० लाख २४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।